विरसा मुण्डाको जन्म जयन्तीको उपलक्ष्यमा मिनी म्याराथानको आयोजना

बाघडुग्रा : बाघडुग्रा थाना अन्तर्गत हाँसखोवाको तरूण संघ क्लबले आज वीर विरसा मुण्डाको 147ओँ जन्म जयन्ती पालन गर्यो। विरसा मुण्डाको जन्म जयन्तीको उपलक्ष्यमा तरूण संघ क्लबले मिनी म्याराथानको आयोजना गर्यो। उक्त म्याराथान दौडमा लगभग 203 युवकहरूले अंश ग्रहण गरेका थिए। बाघडुग्राको भुट्टाबारीबाट म्याराथान दौड शुरू भएर हाँसखोवा तरूण संघ क्लबमा पुगेर समापन गरियो। उक्त म्याराथान दौडमा पहिलो, दोस्रो र तेस्रो स्थान ओगट्ने धावकहरूलाई पुरस्कार प्रदान गरेर सम्मानित गरियो। यस अवसरमा मुख्य अतिथिको रूपमा बाघडुग्रा थानाका ओसी निर्मल कुमार दास, महकुमा परिषदका सदस्य अजय उराव, समाजकर्मी सञ्जय मित्तल, मनोरञ्जन सिंह लगायत क्लबका सभापति सारवन चिक बराइक, राजेश राय, पाल्देन लामा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *