बिरसा मुण्डाको जन्म जयन्तीको अवसरमा सिलगढीमा निकालिइयो रङ्गारङ्ग शोभायात्रा

सिलगढी : सिलगढीमा वीर बिरसा मुण्डाको 146औँ जन्मजयन्ती धुमधामको साथमा पालन गरियो। सिलगढीको देवीडाङ्गा तथा उत्तर पलास इलाकाबाट केही संगठन तथा क्लबहरूको संयुक्त पहलमा आज वीर बिरसा मुण्डाको जन्म जयन्तीको उपलक्ष्यमा एउटा रङ्गारङ्ग शोभायात्रा निकालिइयो। उक्त शोभायात्रा उत्तर पलासबाट शुरू गरेर चम्पासारीको परिक्रमा गरेपछि पुनः उत्तर पलासमा पुगेर समापन गरियो।


उक्त शोभायात्रामा स-साना नानीहरू बिरसा मुण्डाको भेषभूषामा सजिएर सामेल भएका थिए भने केही नानीहरूले हातमा विभिन्न जागरूकता मूलक लिफ लेट बोकेर शोभायात्रामा सामेल थिए। यसको साथै धेरै संख्यामा पुरूष, महिलाहरू पनि शोभायात्रामा सामेल थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *