विषालु कोब्रा साँप उद्धार

नगरकट्टा: नगरकट्टा ब्लकको सुलकापाडामा आज बिहान प्रभात बर्मनको घरबाट एउटा विषालु कोब्रा साँप उद्धार गरियो। उक्त कोब्राले प्रभात बर्मनको घरमा पालेको कुखुरालाई निल्ने प्रयास गरिरहेको अवस्थामा आज बिहान कोब्रालाई भेटिएको थियो। यसपछि घर मालिक प्रभात बर्मनले तुरुन्तै सर्प विशेषज्ञ फरीदुल इस्लामलाई जानकारी दिएपछि तिनी खबर पाउन साथ घटना स्थलमा पुगेर उक्त विषालु कोब्रा साँपलाई पक्रेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *