बिस्कुट बोकेको लरी पल्टिदा बिस्कुट टिप्न मानिसहरूमा होडबाजी

फुलबारी: अनियन्त्रित भएर बिस्कुट बोकेको एउटा लरी सडक किनारको जलाशयमा पल्टिदा लरीमा आगो लागेको बताइएको छ। उक्त घटनापछि बिस्कुट लिन आउने मानिसहरूको निक्कै भीड देखियो। उक्त घटना गत राति फाँसीदेवा थाना अन्तर्गत फुलबारी-घोषपुकुर बाइपास सडकको काशीरामजोत इलाकामा घटेको हो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार गत राति लगभग 1 बजी उक्त दुर्घटना घटेको हो। बिस्कुट बोकेको लरी अनियन्त्रित भएर सडक किनारको जलाशयमा पल्टिदा लरीमा आगो लागेको बताइएको छ। उक्त घटनापछि लरीमा भएको बिस्कुट लुटपाट भयो। बिस्कुट टिप्नको लागि मानिसहरूमा होडबाजी भएको बताइएको छ। घटनाको खबर पाएर फाँसीदेवा थाना पुलिस र दमकल विभागको एउटा इञ्जिन घटनास्थलमा पुगेको थियो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *