विशाल राई गोजमुमो 2 कालेबुङ जिल्ला समितिका प्रवक्ता चयन

कालेबुङ : गोर्खा जनमुक्ति मोर्चा 2 कालेबुङ जिल्ला समितिको पार्टी कार्यालयमा आज एउटा सभाको आयोजना गरियो। पार्टीका कार्यवाहक अध्यक्ष अनित थापाको विशेष उपस्थितिमा कालेबुङ जिल्ला समितिको प्रवक्ताको रूपमा विशाल राईलाई सर्वसम्मतिले चयन गरियो। तिनलाई कार्यवाहक अध्यक्ष अनित थापाले खदा लगाइदिएर हार्दिक बधाई तथा शुभकामना दिए। यस अवसरमा कालेबुङ जिल्ला समिति अध्यक्ष डीबी गुरूङ, कार्यकारी अध्यक्ष रोशन राई, सांगठनिक सचिव विनय घिसिङ लगायत जिल्ला समितिका नारी मोर्चाका सदस्यहरू, युवा मोर्चाका सदस्यहरू अनि केन्द्रीय समितिका केही सदस्यहरू पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *