विष्णु ठकुरीद्वारा लिखित संस्मरण संग्रह ‘अनुस्मृति’ दोस्रो संस्करणको लोकार्पण

खरसाङ (निसं) : नारी स्रष्टा विष्णु ठकुरीद्वारा लिखित संस्मरण संग्रह अनुस्मृतिदोस्रो संस्करणको आज क्याँफे रिलिज गरियो। यसै वर्षको मार्च महिनामा विष्णु ठकुरीद्वारा लिखित संस्मरण संग्रह अनुस्मृति पहिलो संस्करण खरसाङको दिलराममा लोकार्पण गरिएको थियो भने आज दोस्रो संस्करणको लोकार्पण गरिएको छ। उक्त दोस्रो संस्करणको लोकार्पण नेपाली दैनिक समाचार पत्र हिमालय दर्पणको खरसाङ शाखा कार्यालयमा लेखिका विष्णु ठकुरी, मिना लामा राई, द्वारिका छेत्री, तारा छेत्री, जितेन्द्र खवास अमूर्त, अमीत सुब्बा विकल्प आदिको बाहुलीबाट लोकार्पण गरियो। उक्त क्याँफे रिलिज कार्यक्रमलाई स्रष्टा सञ्जीव छेत्रीद्वारा सञ्चालन गरिएको थियो भने हनोक थापा र नितेस राई पनि उपस्थित थिए।


उक्त संस्मरण संग्रह अनुस्मृति दोस्रो संस्करणको क्याँफे रिलिज कार्यक्रममा उपस्थित सबैले आ-आफ्नो वक्तव्य राखे। यस क्रममा मिना लामा राई, द्वारिका छेत्री, तारा छेत्री, जितेन्द्र खवास अमूर्त, अमीत सुब्बा विकल्प, नितेस राई, हनोक थापासञ्जीव छेत्री आदिले आफ्नो छोटो वक्तव्यमा संस्मरण संग्रह अनुस्मृति दोस्रो संस्करणको लागि लेखिका विष्णु ठकुरीप्रति बधाई तथा शुभकामना व्यक्त गरे। सबैले यति छिट्टो समयमा दोस्रो संस्करण प्रकाशित गर्न सफल भएकोमा विष्णु ठकुरीलाई बधाई दिए। सबैले तिनलाई वर्तमानमा अभिभावकको रूपमा रहेर साहित्य सिर्जनामा रहेको साथै सबैलाई माया र संरक्षण गरेर राख्दै आफ्नो कृतिको पनि दोस्रो संस्करण प्रकाशित गरेर सबैको प्रेरणाको स्रोत बनेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *