बाइसनको हमलामा 54 वर्षीय महिलाको मृत्यु

मालबजार : माल शहरको खुदिराम पल्ली क्षेत्रमा आज बिहान एउटा बाइसन पसेर क्षेत्रमा ताण्डव मच्चाउनको साथै यसको आक्रमणमा 54 वर्षीय सितादेवी प्रसादको मृत्यु भएको छ। स्थानीय मानिसहरुले बताए अनुसार मृतक महिला माल बजार 12 नम्बर वार्ड निवासी हुन्। पुजा गर्नको लागि आज बिहान सीता देवी फूल टिप्न गएको समयमा अचानक एउटा बाइसनले तिनलाई आक्रमण गर्दा घटनास्थलमैं मृत्यु भयो। बाइसनको ताण्डवले गर्दा क्षेत्रमा मानिसहरूमाझ आतङ्क मच्चिएको छ। गोरुमारा वन विभाग अन्तर्गत मलबाजारको टोली साथै माल बजार थाना पुलिस घटनास्थलमा पुगेर केही समयसम्म कठोर मेहनत पछि उक्त बाइसनलाई नियन्त्रणमा ल्याएपछि स्थिति नियन्त्रणमा ल्याएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *