विश्राम घर बनाइदिने चेयरम्यान पोर्तेलको आश्वासन

दार्जिलिङ: दार्जिलिङ नगरपालिका चेयरम्यान रितेश पोर्तेल  लगायत क्षेत्रिय सभासद अनि नगरपार्षदले आज नगरपालिका क्षेत्र अन्तर्गत पर्ने सिमेन्टी क्षेत्रको भ्रमण गरे। घुम-जोरबंगला समष्टि अन्तर्गत रेलवे स्टेशन मुनितिर पर्ने वार्ड नम्बर 2-को आज दार्जिलिङ नगरपालिका चेयरम्यान रितेश पोर्तेल, क्षेत्रिय सभासद प्रमोष्कर ब्लोन, नगरपार्षद दीपेन ठकुरीले भ्रमण गरे। उक्त सिमेन्टी क्षेत्रको भ्रमण गरेपछि चेयरम्यान पोर्तेलले शव लिएर मलामी आएका मानिसहरूको लागि बस्ने ठाउँ समेत नभएको देखेपछि चेयरम्यान पोर्तेलले नगरपालिकाको पक्षबाट एउटा विश्राम गर्ने घर बनाई दिने वचन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *