विस्थापित रिकाश थिङ्ग र दिपेन शशांकर फर्किए घर

बिजनबारी : लगभग साढे तीन वर्षको विस्थापित जीवन बिताएपछि आज गोजमुमो केन्द्रीय सदस्य रिकाश थिङ्ग अनि सिङला केराबारी निवासी दिपेन शशांकर आफ्नो घर फर्किआएका छन्। तिनीहरूसित गोजमुमो केन्द्रीय सदस्य  रमेश आले अनि केन्द्रीय सदस्य विजय सुन्दास पनि आएका थिए भने रिकाश थिङ्गको पैतृक गाउँ गोक बजारमा आज एउटा कार्यक्रमबीच बिमल खेमाका समर्थकहरूले खदा माला लगाई दिएर तिनीहरूलाई भव्य स्वागत जनाइयो। यस अवसरमा थिङ्गले आज आफ्नो गाउँ घर आइपुग्दा अत्यन्तै खुशी लागिरहेको बताउँदै अब-उसो अध्यक्ष बिमल गुरूङको निर्देश अनि गोर्खाल्याण्डको मुद्दालाई अघि राख्दै पार्टी विस्तारको कार्यमा निरन्तर लागि पर्ने जनाए। मण्डल राईद्वारा सञ्चालित कार्यक्रमलाई कर्णल रमेश आले, केन्द्रीय सदस्य विजय सुन्दास, भीम सुब्बा अनि पुल बिजनबारी समष्टि संयोजक विनय सुब्बाले सम्बोधन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *