विस्थापित युवाहरूलाई मङ्पु बीचकमानमा स्वागत

मङपु : गोजमुमो मङपु लाब्दा समष्टिका दुईजना विस्थापित युवाहरू अनमोल गुरुङ र सञ्जीव सुवेदी आज आफ्नो घर मङपु फर्किएर आएकोमा तिनीहरूलाई रङबी बीचकमान शाखाको मोर्चा समर्थकहरुले भव्य रूपमा स्वागत जनाए। गत 2017-को गोर्खाल्याण्ड आन्दोलनमा होमिएर विस्थापित जीवन बिताएपछि लगभग तीन वर्षभन्दा अधिक समयमा आफ्नो घर फर्की आएका दुई विस्थापित युवाहरुसँगै मोर्चा अध्यक्ष बिमल गुरुङको छोरा अभिनाश गुरुङलाई पनि स्थानीय मोर्चा समर्थकहरुले खदा लगाइ दिएर स्वागत जनाए।


यस अवसरमा अभिनाश गुरुङले मङपुका दुई विस्थापित युवाहरुलाई  घर  छोड्न आएको बताए। यसको साथै फराकिलो सोंच र फराकिलो बिचार लिएर आगामी दिनमा मङपुलाई अझ अघि बढाएर लैजाने कुरा आजको औपचारिक सभामा तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *