विश्व आदिवासी दिवसको अवसरमा खोरीबारीमा कार्यक्रमको आयोजना

खोरीबारी : विश्व आदिवासी दिवसको अवसरमा खोरीबारी खण्ड ट्राइबल डेवलपमेन्ट कमिटीको तर्फबाट मारुति टी स्टेट क्षेत्रमा एउटा कार्यक्रमको आयोजना गरियो। झण्डा उत्तोलन गरेर कार्यक्रमको उद्घाटन गरेपछि बिरसा मुण्डा, कार्तिक उराव, सिद्धु कान्हु, जसपाल सिंह मुण्डा, तिलका माँझीको तस्वीरमा पुष्प अर्पित गरेर श्रद्धाञ्जलि अर्पण गरियो। कार्यक्रममा आदिवासी सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरियो। यस अवसरमा एल इक्का, आदिवासी विकास परिषदका प्रखण्ड अध्यक्ष पीटर उराव, सचिव राधा मुण्डा, तार्सीस उराव, सञ्जय तिर्की, बाल्मीकि बारला लगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *