विश्वविद्यालयको जमिन हस्तान्तरण विरुद्ध विक्षोभ प्रदर्शन, तनाउको माहौल

सिलगढी : उत्तरबंग विश्वविद्यालयको जमिन हस्तान्तरणको प्रतिवादमा उत्तरबंग विश्वविद्यालय बचाऊ मञ्च-ले आज विश्वविद्यालयमा विक्षोभ प्रदर्शन गर्यो। यसलाई केन्द्र गरेर उत्तरबंग विश्वविद्यालय परिसरमा व्यापक उत्तेजनाको माहौल देखापर्यो। होटल म्यानेजमेन्ट इन्स्टिट्युट बनाउनको लागि उत्तरबंग विश्वविद्यालयको जमिन हस्तान्तरण गर्ने सम्भावना रहेकोले यसको विरोध जनाउँदै आज उत्तरबंग विश्वविद्यालय बचाऊ मञ्चको तर्फबाट विश्वविद्यालय परिसरमा विक्षोभ प्रदर्शन गरियो। विश्वविद्यालयका प्राध्यापक, विद्यार्थीहरूलाई लिएर उक्त मञ्च गठन गरिएको छ। विश्वविद्यालयको जमिन हस्तान्तरण गर्ने विषयको विरोध जनाउँदै आन्दोलनकारीहरूले आज विश्वविद्यालयका उप-कुलपति ओमप्रकाश मिश्रसित भेट गर्ने योजना रहेको थियो। तर यसभन्दा अगावै आज बिहानैदेखि त्यहाँ ब्यारिकेड लगाउनको साथै सुरक्षा कर्मीहरूलाई पनि तैनाथ गरिएको छ। उप-कुलपतिसित भेट गर्न जान अगावै बाधा सृष्टि गरेकोले विश्वविद्यालय परिसरमा व्यापक उत्तेजनाको माहौल सृजना हुनको साथै प्रशासनिक भवनको गेट भत्काउने प्रयास गरेको बताइएको छ। विश्वविद्यालयका उप-कुलपतिसित भेट गर्न नपाएपछि ती आन्दोलनकारीहरूले प्रशासनिक भवन अघि विक्षोभ प्रदर्शन गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


neredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetgrandpashabetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişcasibom1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişbettilt girişpusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes