विश्व साइकल दिवसको उपलक्ष्यमा किसान मोर्चाद्वारा साइकल र्‍यालीको आयोजना

राजगञ्ज : आज विश्व साइकल दिवस हो। यस अवसरमा भाजपा किसान मोर्चाको तर्फबाट राजगञ्जको बेलाकोवामा एउटा साइकल र्‍यालीको आयोजना गरियो। उक्त र्‍याली राजगञ्जको बेलाकोवा किसान मण्डीबाट शुरू गरेर भाजपा पार्टी कार्यालयमा पुगेर समापन गरियो। यस सम्बन्धमा किसान मोर्चाका जलपाईगढी जिल्लाका महासचिव नकुल दासले बताएअनुसार 2018-मा राष्ट्रसंघको प्रस्तावअनुसार 3 जुनको दिन विश्व साइकल दिवसको रूपमा घोषित गरेको थियो। यसै उपलक्ष्यमा आज उक्त साइकल र्‍यालीको आयोजना गरिएको हो। यस अवसरमा भाजपाका राजगञ्ज उत्तर मण्डलका अध्यक्ष अनिल बर्मन, राजीव सरकार, नारायण चक्रवर्ती, भुपेन राय लगायत अन्य मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.