विश्व दिव्याङ्ग दिवसको उपलक्ष्यमा दिव्याङ्ग विद्यार्थीहरूलाई यातायातको लागि बसको व्यवस्था गरिदिने शङ्कर घोषले दिए आश्वासन

सिलगढी : विश्व दिव्याङ्ग दिवसको उपलक्ष्यमा दिव्याङ्ग विद्यार्थीहरूलाई यातायातमा सुविधा होस् भन्ने उद्देश्य लिएर सिलगढीका विधायक शङ्कर घोषले नयाँ बस दिने आश्वासन दिएका छन्। नर्थ बेङ्गल ह्यान्डिक्याप रिह्याबिलिटेसन सोसाइटीको पहलमा उत्तरण स्कुलका विद्यार्थीहरूको साथमा आज कावाखालीमा विश्व दिव्याङ्ग दिवस पालन गरियो। उक्त कार्यक्रममा विधायक शङ्कर घोष मुख्य रूपमा उपस्थित थिए। यस अवसरमा तिनले भने, यी नानीहरूलाई दया होइन मायाले तिनीहरूलाई साथ दिनुहोस्। यी विकलाङ्ग विदयार्थीहरूलाई स्कुल जान सजिलो होस् भन्ने उद्देश्यले चाँडै नै विधायक विकास कोषबाट बसको व्यवस्था गरिदिने आश्वासन दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *