विश्व हिन्दु परिषद-द्वारा रक्तदान तथा नेत्रदान शिविरको आयोजना

सिलगढी : विश्व हिन्दु परिषदको बजरङ दलको तर्फबाट आज सिलगढी इस्टर्न बाईपासको ढाकेश्वरी मन्दिरमा रक्तदान शिविर र नेत्रदान शिविरको आयोजना गरियो। लगभग 100 युनिट रगत संग्रह गर्नु विश्व हिन्दु परिषदको बजरङ दलको लक्ष्य रहेको छ भने शिविरमा संग्रहित गरिएको रगत रोटरी ब्लड ब्याङ्कमा जम्मा गरिने बताइएको छ। यसबाहेक, बजरङ दल तथा सक्षम नामक एउटा संस्थाको संयुक्त पहलमा नेत्रदान शिविरको पनि आयोजना गरियो। स्मरण रहोस्, 2 नोभेम्बर 1990-मा अयोध्यामा एउटा कार्यक्रम अवधि विश्व हिन्दु परिषदका केही सदस्यहरूको मृत्यु भएको थियो। यसैले उक्त परिषद्ले प्रत्येक वर्ष आजकै दिन तिनीहरूको स्मरणमा बलिदान दिवसको रूपमा पालन गर्दै आइरहेको छ। आज सिलगढी सहरको दुईवटा ठाउँमा रक्तदान र नेत्र दान शिविरको आयोजना गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *