विश्व जल दिवसको अवसरमा सिलगढीमा जागरूकता कार्यक्रम

सिलगढी: पानी नै जीवन हो। पानी बिना जीवन सम्भव छैन। यसैले मानिसहरूमा पानीको संरक्षणलाई लिएर जागरूकता ल्याउनको लागि आज विश्व जल दिवसको अवसरमा महकुमा शासक कार्यालयको तर्फबाट एउटा कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा स्कूलका विद्यार्थीहरू धेरै संख्यामा उपस्थित थिए भने कार्यक्रमको माध्यम सिलगढीका वासिन्दाहरूलाई पानीको संरक्षणलाई लिएर जागरूक गराइयो। उक्त कार्यक्रम अन्तर्गत सिस्टर निवेदिता मार्गरेट स्कूलका विद्यार्थीहरूले जल संरक्षणको सन्देश लेखेका प्ला कार्डहरू हातमा बोकेर ऱ्याली निकाले। यसैगरी, स्कूलका विद्यार्थीहरूले पानी संरक्षणको लागि भिन्न-भिन्नै नाट्य प्रस्तुत गरे। यस अवधि शिक्षक विपिन गुप्ताले भने, आज विश्व जल दिवसको अवसरमा महकुमा शासक कार्यालयद्वारा एउटा कार्यक्रमको आयोजना गरियो, जसमा स्कूलका विद्यार्थीहरू उपस्थित थिए। ती विद्यार्थीहरूको माध्यम घर-घरमा पानीको संरक्षणलाई लिएर जागरूक गराइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *