विश्वकर्मा पुजाको अवसरमा बंगाल सफारी पार्कमा हात्तीको पुजा

सिलगढी : विश्वकर्मा पुजाको दिन बंगाल सफारी पार्कमा हात्तीको पुजा गरियो। बंगाल सफारी पार्कमा आज बिहान सबैभन्दा पहिला दुईवटा हात्ती उर्मिला र लक्ष्मीलाई नुहाइ दिएपछि विशेष रूपमा सजाएर ब्राह्मणद्वारा विधिवत् रूपमा पुजा अर्चना गरियो। यस अवसरमा बंगाल सफारीका डीएफओ बादल देवनाथ लगायत पर्यटकहरूले स्वयम् लक्ष्मी र उर्मिलालाई खाना खुवाए। स्मरण रहोस्, सिलगढी लगायत यसको छेउछाउको ठाउँहरूमा विश्वकर्मा पुजाको दिन हात्तीको पुजा गर्ने गरिन्छ। बंगाल सफारी पार्कमा पनि आज यस्तै दृश्य देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *