विश्व नारी दिवसको अवसरमा वृद्धा महिलाहरूलाई गाड़ीधुरा ट्राफिक पुलिसद्वारा सम्मान

खरसाङ :आज विश्व नारी दिवसको अवसरमा खरसाङ पुलिस थाना अन्तर्गत गाड़ीधुरा ट्राफिक पुलिसको आयोजनामा यहाँको पंखाबारी सार्वजनिक भवनमा गाड़ीधुरा थाना प्रभारी तपन कुमार दास अनि पंखाबारी उच्चतर माध्यमिक विद्यालयकी प्रधान अध्यापिका कल्पना प्रधानको विशेष उपस्थितिमा एक कार्यक्रमको आयोजना गरियो। यस अवसरमा यहाँका वृद्धा महिलाहरूलाई सम्मान जनाइयो। पुलिस अनि जनतामाझको सम्बन्धलाई अझ सुदृढ़ पार्न विश्व महिला दिवसको अवसरमा यस क्षेत्रका एकसयभन्दा अधिक वृद्धा महिलाहरूलाई खदा लगाएर अनि उपहार प्रदान गरेर सम्मान जनाइयो। यस अवसरमा गाड़ीधुरा थाना प्रभारी तपन कुमार दास अनि पंखाबारी उच्चतर माध्यमिक विद्यालयकी प्रधान शिक्षिका कल्पना प्रधानले विश्व महिला दिवसको महत्व र यसको आवश्यतामाथि प्रकाश पारे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *