विश्व नारी दिवसको अवसरमा पारिवारिक सहायता केन्द्रको तर्फबाट आलोचना शिविरको आयोजना

सिलगढी : विश्व नारी दिवसको अवसरमा समाजका विशिष्ट मानिसहरूलाई लिएर पारिवारिक सहायता केन्द्रको तर्फबाट एउटा आलोचना शिविरको आयोजना गरियो। सेन्ट जन एम्बुलेन्स एसोसिएसनको सिलगढी शाखाको तर्फबाट चिलड्रेन पार्क संलग्न रहेको कार्यालयमा उक्त शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा विभिन्न समयमा महिलाहरूले विविध समस्याको सामना गर्न पर्दछ। यस्तो परिस्थितिको कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा शिविरमा चर्चा परिचर्चा गरियो। यस अवसरमा तापस कर्मकार, शान्ता मित्र, रिता पाल, सेफाली गोस्वामी लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *