विश्व पर्यटन दिवसको उपलक्ष्यमा एनजेपी स्टेसनमा पर्यटकहरूलाई संवर्द्धना

सिलगढी : विश्व पर्यटन दिवसको उपलक्ष्यमा नर्थ बेङ्गल इन्डस्ट्रिज एसोसिएसनले आज टोय ट्रेनमा यात्रा गर्ने पर्यटकहरूलाई फुल दिएर स्वागत गरियो। सिलगढीको एनजेपी रेलवे स्टेसनमा आज टोय ट्रेनका पर्यटकहरूलाई फुल तथा मिठाई प्रदान गरेर स्वागत जनाइयो। ट्रेनमा यस प्रकारले संवर्द्धना जनाएकोमा पर्यटकहरू निक्कै खुसी देखियो। उत्तर बङ्गालको पर्यटनलाई अझ उन्नत गरेर लैजाने उद्देश्य लिएर संस्थाको तर्फबाट पहिलोपल्ट विश्व पर्यटन दिवस पालन गरेको बताइएको छ। संस्थाका सदस्यहरूले पर्यटन उद्योगको विकासको लागि सबैलाई अघि आउने सन्देश पनि दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *