विश्व पर्यावरण दिवस अगावै खरसाङ फरेस्ट डिभिजनको पहलमा सचेतनतामूलक कार्यक्रम

सिलगढी : खरसाङ फरेस्ट डिभिजन र घोषपुकुर वन विभागको पहलमा 5 जुन विश्व पर्यावरण दिवस अगावै सचेतनतामूलक कार्यक्रमको आयोजना गर्यो। आज खरसाङ डिभिजन र घोषपुकुर वन विभागको पहलमा एउटा सचेतनतामूलक शोभायात्रा निकालिइयो। यसको साथै सफाई अभियान पनि चलाइयो। यस अवसरमा घोषपुकुर ग्राम पञ्चायत, ट्राफिक पुलिस र घोषपुकुर थानाका पुलिस एवम् पश्चिमबंग विज्ञान मञ्च लगायत विभिन्न वेलफेयर अर्गनाइजेसनका सदस्यहरू उपस्थित थिए। यस विषयमा घोषपुकुर वन विभागका रेञ्जर सोनम भुटियाले भने, पर्यावरण तथा हाम्रो जीवन शैलीमा परिवर्तन ल्याउन धेरै आवश्यक छ। यसैले गर्दा आज सचेतनतामूलक कार्यक्रमको आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *