विश्व पर्यावरण दिवस अगावै स्वयम्‌सेवी संगठनद्वारा प्लास्टिकको क्यारी ब्याग प्रयोग नगर्ने अपील

सिलगढी : आगामी 5 जुनमा विश्व पर्यावरण दिवस हो। त्यस दिन विश्वभरिमै विविध सचेतनतामूलक कार्यक्रमको आयोजना गर्ने गरिन्छ। सिलगढी नगरनिगमको तर्फबाट पनि यस दिन विविध पर्यावरण सचेतनतामूलक कार्यक्रमको आयोजना गरिनेछ। सहरमा चारैतिर हरियाली बनाउने उद्देश्य लिएर विश्व पर्यावरण दिवसको अवसरमा धेरै संख्यामा रुखको विरुवाहरू रोपिने सिलगढीका मेयर गौतम देवले बताए। यसै बीच आज गेटबजार युवा भारती सहित अन्य स्वयम्‌सेवी संगठनले सहरको विभिन्न बजारहरूमा गएर प्लास्टिकको क्यारी ब्याग प्रयोग नगर्ने भन्दै व्यवसायीहरूलाई अपील गरे। संस्थाको तर्फबाट डा. भास्कर राय र कञ्चन रायले भने, सहरमा बढ्दो तापक्रमको मुख्य कारण प्लास्टिक हो। यसैले प्लास्टिकको प्रयोग तत्काल बन्द गर्नुपर्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *