विश्व पर्यावरण दिवसमा सुकेपोखरी तथा पोख्रेबुङ नागरी क्षेत्रमा वृक्ष रोपण

सुकेपोखरी : सुकेपोखरीमा विश्व पर्यावरण दिवस पालन गरियो। जोरबङलो सुकेपोखरी खण्ड विकास कार्यलय, खण्ड स्वास्थ्य केन्द्र, सुकेपोखरी थाना वन विभाग, ग्राम पञ्चायत कार्यालय तथा पोख्रेबुङद्वारा, नागरी पुलिस आउट पोस्टको संयुक्त पहलमा आज विश्व पर्यावरण दिवसको अवसरमा सुकेपोखरी तथा पोख्रेबुङ नागरी क्षेत्रको विभिन्न ठाउँमा रुखको विरुवाहरू रोपियो। यस अवसरमा खण्ड विकास अधिकारी, वन विभागीय अधिकारी, स्वास्थ्य विभागीय अधिकारी, पञ्चायत सचिवहरू, पुलिस आउट पोस्टका प्रभारीहरू, स्वनिर्भर समूहका सदस्यहरू, विभिन्न चिल्ड्रेन क्लब तथा अन्यले सहभागिता जनाएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *