विश्व पर्यावरण दिवसको अवसरमा वृक्षरोपण तथा रक्तदान शिविरको आयोजना

सिलगढी : विश्व पर्यावरण दिवसको अवसरमा आज वृक्षरोपण गर्नको साथै रक्तदान शिविरको पनि आयोजना गरियो। ग्रिन एनभाइरोमेन्ट प्रिजर्भेसन सोसाइटीको तर्फबाट सिलगढीको कञ्चनजङ्घा स्टेडियममा वृक्ष रोपण गर्नको साथै रक्तदान शिविरको पनि आयोजना गरियो।


उक्त शिविरमा रक्तदान गर्नेहरूलाई सोसाइटीको तर्फबाट रुखको विरुवा प्रदान गरियो। उक्त शिविरमा 50 युनिट रगत संग्रह गर्ने लक्ष्य राखेको छ भने शिविरमा संग्रह गरिएको रगत उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको ब्लड ब्याङ्कमा पठाइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *