विश्व रक्तदान दिवसको अवसरमा नरबुङ चियीबारीमा रक्तदान शिविर

खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारे-महानदी समष्टिको नरबुङ चियीबारीमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान शिविरको आयोजना गरियो। उक्त रक्तदान शिविर मणि ट्रस्टको आयोजना र खरसाङ महकुमा अस्पतालको सहयोगमा नरबुङ चियीबारीको डिस्पेन्सरीमा सम्पन्न भयो। उक्त रक्तदान शिविरमा लगभग 25 जनाले रक्तदान गरे भने 17 जनाको रगत रक्तदानको लागि सही पाइएको छ। यस अवसरमा खरसाङ महकुमा अस्पतालको डाक्टर सुदान्सु रोय, सिनियर नर्स तारा छेत्री, तक्निकी दल उपस्थित थिए।


यस शिविरमा मणि ट्रस्टको तर्फबाट खरसाङकी ट्रस्टी छुना सुब्बा, को-अर्डिनेटर विद्या गुरुङ, दार्जिलिङको ट्रस्टी रञ्जना प्रधान, कालेबुङको ट्रस्टी रिजवान रेहमान, प्रोजेक्ट म्यानेजर पासाङ शेर्पा, सहायक म्यानेजर पंकज दाहाल लगायत नरबुङ चियीबारीको मुख्य प्रबन्धक सतीश मृदुका पनि उपस्थित थिए। उक्त रक्तदान शिविरमा नरबुङ चियीबारीका स्थानीयहरूले सहभागिता जनाएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *