विश्व शान्ति धार्मिक पुजाको समापन

सुकेपोखरी: पोख्रेबुङ ग्राम पञ्चायत तीनको त्रिरत्न समाज मगरजोङ चियाबारी बहादुर गाउँको तत्वावधानमा गत 26 दिसम्बरदेखि शुरू गरिएको विश्व शान्ति पुजा आज समापन भयो। मिरिकबाट आएका धर्मगुरू दावा पाल्साङ सुब्बा टुल्कु रिन्पोछेको उपस्थितिमा सम्पन्न यस अनुष्ठानमा स्थानीय लगायत सङ्लग्न क्षेत्रका श्रद्धालुहरूको व्यापक उपस्थिति रहेको थियो। आज धार्मिक अनुष्ठानको समापनमा बौद्ध धर्मगुरू रिन्पोछेको बाहुलीबाट अभिषेक एवं वाङ वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *