विश्व युवा दिवसको अवसरमा स्वयंसेवी संस्थाद्वारा युवाहरूलाई नशा मुक्त समाज बनाउने सन्देश

सिलगढी : आज विश्व युवा दिवसको अवसरमा सिलगढीको एउटा स्वयंसेवी संस्था युवा समाजलाई जागरूक गर्ने उद्देश्य लिएर सडकमा ओर्लिएको छ। स्वयंसेवी संस्थाका सदस्यहरूले आज सिलगढीको महात्मा गाँधी चौक (एयरभ्यू मोड़)-मा हातमा प्ला कार्ड बोकेर युवाहरूलाई नशा मुक्त स्वस्थ समाज निर्माण गर्ने सन्देश दिए। यस अवसरमा संस्थाका सदस्यहरूले समाजका युवाहरूमा नशालु पदार्थको सेवन गर्ने लत लागिसकेकोले आज विश्व युवा दिवसको अवसरमा भावी युवाहरूलाई नशा मुक्त समाज बनाउने सन्देश दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *