विविध मागलाई लिएर अखिल भारतीय प्रगतिशीत महिला समिति-द्वारा धरना प्रदर्शन

सिलगढी : विविध मागहरूलाई लिएर अखिल भारतीय प्रगतिशीत महिला समितिको जिल्ला कमिटीका सदस्यहरूले धरना प्रदर्शनी गरे। लकडाउन अवधि प्रभावित सबै मानिसहरूलाई 10 हजार रुपियाँ भुक्तान गरिनुपर्ने, स्वनिर्भर समूहकी महिलाहरूको सबै ऋण माफ गरिनुपर्ने, बेरोजगारहरूलाई रोजगार लगायत विविध मागलाई लिएर उक्त कमिटीले आज धरना प्रदर्शनी गरेको बताइएको छ। यदि आफूहरूको माग पुरा नगरे आगामी दिनमा वृहत आन्दोलन गर्ने तिनीहरूले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *