विविध मागलाई लिएर भाजपा-द्वारा 5 नम्बर बोरो कार्यालयमा ज्ञापन

सिलगढी : विविध मागलाई लिएर भाजपा 7 नम्बर मण्डल कमिटीद्वारा सिलगढी नगरनिगमको 5 नम्बर बोरो कार्यालयमा एउटा ज्ञापन चढायो। उक्त ज्ञापन पत्रमा सिलगढी नगरनिगमको 47 वटा वार्डमा शिविरको आयोजना गरेर कोरोनाको भ्याक्सिन दिइनुपर्ने, भ्याक्सिनको घोटाला बन्द गर्नुपर्ने, नगरनिगमको विभिन्न वार्डमा वर्षाकालमा पानी जम्ने गरेकोले उक्त वार्डहरूमा जल निकासी व्यवस्था गरिनुपर्ने आदि उल्लेख गरिएको छ। सिलगढी सांगठनिक जिल्ला कमिटीका सचिव कमल घोषले कोरोना परिस्थितिमा राज्य सरकारले टीकाकरणलाई लिएर राजनीति गरिरहेको आरोप लगाए। कोरोनाको भ्याक्सिन लगाउन जाँदा साधारण मानिसहरूले निक्कै समस्याको सामना गर्न परिरहेको बताए। यस अवसरमा भाजपा सिलगढी सांगठनिक जिल्ला कमिटीका सचिव कमल घोष लगायत अन्य भाजपा कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *