विविध मागलाई लिएर कुचबिहारको एमजेएन मेडिकल कलेज एवम् अस्पतालका विद्यार्थीहरूद्वारा विरोध प्रदर्शन

कुचबिहार : विभिन्न मागलाई लिएर कुचबिहार महाराज जितेन्द्र नारायण मेडिकल कलेज एवम् अस्पतालको प्रिन्सिपल कार्यालयअघि विद्यार्थीहरूद्वारा विक्षोभ प्रदर्शन गरियो। विद्यार्थीहरूको आरोप अनुसार नयाँ मेडिकल कलेज भए तापनि गत 2 वर्षदेखि तिनीहरूले उचित परिसेवा पाएका छैनन्।


त्यहाँ पुस्तकालयको व्यवस्था, मेस व्यवस्था साथै बस परिसेवा शुरू गरिएको छैन। विद्यार्थीहरूले विविध समस्याहरूबीच अध्ययन गर्न बाध्य छन्। यसैले आज विद्यार्थीहरूले प्रिन्सिपल कार्यालय अघि विरोध प्रदर्शन गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *