विविध मागलाई लिएर डिजास्टर म्यानेजमेन्ट तथा सिभिल डिफेन्सका कर्मीहरूद्वारा आन्दोलन

सिलगढी : स्थायीकरण, भत्ता प्रदान लगायत विविध मागलाई लिएर वेस्ट बेङ्गल डिजास्टर म्यानेजमेन्ट एन्ड सिभिल डिफेन्स फाइटर एसोसिएसनले आन्दोलन शुरू गरेको छ। प्राकृतिक आपदा अथवा कुनै खतराको स्थितिमा आपदा प्रबन्धन कर्मीहरूको आवश्यकता हुने गर्दछ। उक्त कार्यको लागि तिनीहरूले नामको लागि मात्र पारिश्रमिक पाउने गर्दछन्। अन्य समयमा सिभिल डिफेन्स प्रशिक्षित कर्मचारीहरूले बेरोजगार भएर जीवन बिताउनुपर्दछ। यसैले कामको समयमा मात्र नभएर प्रत्येक महिना भत्ता प्रदान गरिनुपर्ने तिनीहरूले माग गरे। तिनीहरूले उक्त मागलाई लिएर नवान्न लगायत विविध विभागमा ज्ञापन पत्र चढाए तापनि कुनै फाइदा भएको छैन। यसैले आज वेस्ट बेङ्गल डिजास्टर म्यानेजमेन्ट एन्ड सिभिल डिफेन्स फाइटर एसोसिएसनले विभिन्न मागलाई लिएर आन्दोलन शुरू गर्यो। एसोसिएसनका सदस्यहरूले आज जलपाईमोडदेखि एउटा विरोध र्‍याली निकालेर उत्तरकन्यातर्फ गइरहेको समय तीनबत्ती मोडमा विशाल पुलिस वाहिनीले उक्त र्‍यालीलाई रोकिदियो। यसपछि संगठनका सदस्यहरू सडकमा बसेर विक्षोभ प्रदर्शन गरे। पछि 5 जनाको प्रतिनिधि टोली उत्तरकन्या गएर त्यहाँका अधिकारीसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। यस विषयमा संगठनका राज्य सचिव प्रसनजीत बसाकले भने, सरकारले जसरी सिभिक भोलेन्टियरलाई स्थायी रूपमा भत्ता प्रदान गरिरहेको छ त्यसरी नै सिभिक डिफेन्सका कर्मीहरूलाई पनि भत्ता प्रदान गरियोस्। यदि आफूहरूको माग पुरा नभएको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने तिनले चेताउनी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *