विविध मागलाई लिएर आईएनटीटीयुसी संगठन-द्वारा विक्षोभ प्रर्दशन

सिलगढी : हकरहरूमाथि विभिन्न अन्याय गरेको आरोप लगाउँदै आज आईएनटीटीयुसी संगठनले विक्षोभ प्रर्दशन गर्यो। संगठनका सदस्यहरूले आज एनजेपीको आईएनटीटीयुसी कार्यालयबाट एउटा र्‍याली निकालेर रेलवेको एडीआरएम कार्यालयमा पुगेपछि विक्षोभ प्रदर्शन गरे। यसको साथै 9 सूत्रीय मागमा एउटा ज्ञापन पत्र पनि चढाए। संगठनका संयोजक सुजय सरकारले बताएअनुसार रेलवे विभागले हकरहरूमाथि विभिन्न प्रकारको अन्याय गर्नको साथै तिनीहरूलाई विभिन्न मामिलामा फँसाइरहेको छ। रेलवेलाई नीजिकरण गर्नको लागि यस प्रकारको अन्याय गरिरहेको बताउँदै चाँडै नै हर्कर तथा भेन्डरहरूको लागि विकल्प कामको व्यवस्था गरिनुपर्ने तिनले माग गरे। यसो नगरेको खण्डमा तृणमूल श्रमिक संगठनले रेलवेको उच्छेद प्रक्रिया स्वीकार नगर्ने साथै आफूहरूको माग पुरा नभएको खण्डमा आगामी दिनमा वृहद् आन्दोलन गर्ने तिनले चेताउनी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *