विविध मागलाई लिएर जलपाईगढी टाउन स्टेशन अघि तृणमूल-द्वारा विक्षोभ प्रदर्शन

जलपाईगढी : विविध मागलाई लिएर जिल्ला युवा तृणमूल कङ्ग्रेसद्वारा जलपाईगढी टाउन स्टेसनमा विक्षोभ प्रदर्शन गर्यो। जिल्ला युवा तृणमूल कङ्ग्रेस सभापति सैकत चट्टोपाध्यायको नेतृत्वमा उक्त विक्षोभ प्रदर्शन गरिएको हो। यस अवसरमा सैकत चट्टोपाध्यायले भने, ऐतिहासिक जलपाईगढी टाउन स्टेसनबाट दार्जिलिङ मेल र टिस्टा तोर्सा कोचहरू हटाइएको छ। मिताली एक्सप्रेस पनि यस स्टेसनमा उपयोगी छैन। हाल टाउन स्टेशन महाश्मशान कार्यालयमा परिणत भएको छ भन्दै तिनले कटाक्ष कसे। अर्कोतिर, स्टेशन म्यानेजर निताई दासले भने, युवा तृणमूल कङ्ग्रेसको तर्फबाट टिस्टा तोर्षा र दार्जिलिङ मेल शुरू गर्ने मागमा विरोध प्रदर्शन गरे तापनि मलाई कुनै ज्ञापन पत्र सुम्पेको छैन। यसबारे रेलवेका उच्च अधिकारीहरूलाई जानकारी दिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.