विविध मागलाई लिएर जीटीए क्षेत्रका आशाकर्मीहरूद्वारा दार्जिलिङमा र्‍याली तथा ज्ञापन

दार्जिलिङ: जीटीए क्षेत्रका आशाकर्मीहरूले आज विभिन्न मागहरू लिएर दार्जिलिङमा एउटा र्‍याली निकाले। उक्त र्‍यालीको माध्यमद्वारा आशाकर्मीहरूले दार्जिलिङका जिल्लाशासक र जीटीएका मुख्य सचिवसित भेट गरेर एउटा ज्ञापन पत्र पनि चढाए। पश्चिम बंगाल आशाकर्मी युनियनको आयोजनामा विभिन्न मागहरू लिएर दार्जिलिङ बजारमा एउटा र्‍याली निकाल्नको साथै ज्ञापन पत्र पनि सुम्पियो। यस अवसरमा आशाकर्मी पश्चिम बंगालको राज्य सचिव ईस्मत आरा खातुन विशेष रूपमा उपस्थित थिइन्। जीटीए क्षेत्रका आशाकर्मीहरूले देशको अन्य राज्यहरू र पश्चिम बंगालको अन्य जिल्लाहरू जस्तै केही पनि सहुलियतहरू नपाएको र आशाकर्मीहरूको विभिन्न सहुलियतहरू विषयमा आवाज उठाउँदै जिल्ला शासक र जीटीएको मुख्य सचिवलाई ज्ञापन पत्र चढाएको बताइएको छ। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै पश्चिम बंगाल आशाकर्मी युनियनका राज्य सचिव ईस्मत आरा खातुनले भनिन्, जीटीए क्षेत्रका आशाकर्मीहरूको धेरै समस्याहरू छ। तिनीहरूले आफ्नो कार्य निरन्तर रूपमा गरिरहे तापनि सुविधा भने केही पाएका छैनन्। तिनले यो केन्द्रको प्रोजेक्ट हो तर यहाँ अन्य राज्यहरू र बंगालकै अन्य जिल्लाहरूमा जस्तो सुविधा छैन, त्यसैले आज हामीले युनियनको पक्षबाट एउटा र्‍याली निकालेर ज्ञापन पत्र समेत चढाएको बताए। यदि आफूहरूको माग पुरा नगरेको खण्डमा आगामी दिनमा घेराउ तथा धरणा प्रदर्शन गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *