विविध मागलाई लिएर कामतापुर स्टुडेन्ट्स अर्गनाइजेसन-द्वारा जलपाईगढी जिल्लाशासकलाई ज्ञापन

जलपाईगढी : विविध मागलाई लिएर कामतापुर स्टुडेन्ट्स अर्गनाइजेसनका सदस्यहरूले जलपाईगढी जिल्लाशासकसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। अर्गनाइजेसनका भाइस प्रेसिडेन्ट सञ्जय रायले बताएअनुसार मुख्यतः पाँचवटा माग लिएर जिल्लाशासकको माध्यमद्वारा मुख्यमन्त्री ममता ब्यानर्जीलाई ज्ञापन पत्र चढाएको हो। उक्त ज्ञापन पत्रमा कामतापुर भाषामा अर्गनाइजिङ स्कुलको संख्या बढाउनुपर्ने, कामतापुर आन्दोलनमा संलग्न रहेका शिक्षित युवकहरूलाई ती स्कुलमा नोकरी दिइनुपर्ने, कामरूप कामाख्या कुचबिहार आदिको इतिहास पाठ्यसूचीमा अन्तर्भुक्त गरिनुपर्ने, महावीर चिला रायको जन्मदिनमा उत्तर बंगालमा सरकारी विदा घोषणा गरिनुपर्ने, उत्तर बंगालमा स्कुल सर्भिस कमिशन बोर्ड पुन: शुरू गरिनुपर्ने जस्ता मागहरू सामेल छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *