विविध मागलाई लिएर माकपा डाबग्राम 1 नम्बर एरिया कमिटीद्वारा विरोध प्रदर्शन

सिलगढी : विविध मागलाई लिएर माकपा डाबग्राम 1 नम्बर एरिया कमिटीको तर्फबाट आज विरोध प्रदर्शन गरियो। माकपा डाबग्राम 1 नम्बर एरिया कमिटीका सदस्यहरूले नकली भ्याक्सिन घोटालामा सामेल रहेका मानिसहरूलाई चाँडोभन्दा चाँडो सजाय दिइनुपर्ने, पेट्रोल-डीजल तथा आवश्यक समानहरू मूल्यमा भइरहेको लगातार वृद्धिलाई रोक्ने, सबै मानिसहरूलाई निःशुल्क भ्याक्सिन उपलब्ध गराउने लगायत अन्य विविध मागलाई लिएर सिलगढीको पायल सिनेमा हल अघि विरोध प्रदर्शन गरे। यस अवसरमा माकपा नेता दिलीप सिंह लगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *