विविध मागलाई लिएर पश्चिम बंगाल बस्ती विकास समितिको नगरनिगम अभियान

सिलगढी : विविध मागलाई लिएर पश्चिमबंग बस्ती विकास समिति सिलगढी अभियानमा सामेल भएको छ। सिलगढी सहरको झुग्गी-झोपड़ी इलाकाका निवासीहरूले नगरनिगम सेवासित सम्बन्धित विभिन्न मागहरूलाई लिएर आज नगरनिगम अभियान शुरू गरेको छ। वामफ्रन्टका शीर्ष नेता अशोक भट्टाचार्य, दिलीप सिंह, नुरुल इस्लाम, शरदिन्दु चक्रवर्ती लगायत अन्य केही नेताहरूको उपस्थितिमा उक्त समितिले एउटा र्‍याली पनि निकाल्यो। सिलगढीको हिलकार्ट रोडस्थित अनिल विश्वास भवनबाट र्‍याली शुरू गरेर सहरको मार्गहरूको परिक्रमा गर्दै नगरनिगममा पुग्यो भने नगरनिगममा प्रवेश गर्न अगावै पुलिसले उक्त र्‍याली रोकिदियो। यसपछि वाम नेता अशोक भट्टाचार्य तथा अन्य नेताहरू सड़कमा बसेर विरोध प्रदर्शन गरेपछि 10 जनाको एउटा प्रतिनिधि टोलीले नगरनिगम कमिश्नरसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *