विविध मागलाई लिएर एसएफआई दार्जिलिङ जिल्ला कमिटीद्वारा विक्षोभ तथा सामूहिक हस्ताक्षर अभियान

सिलगढी : विविध मागलाई लिएर एसएफआई दार्जिलिङ जिल्ला कमिटीको तर्फबाट आज सिलगढीको हासमी चोकमा विक्षोभ प्रदर्शन गर्नको साथै सामूहिक हस्ताक्षर कार्यक्रमको पनि आयोजना गरियो। एसएफआईका सदस्यहरूले आज हातमा प्ला कार्ड बोकेर सबै स्कुल-कलेजहरूको फिस माफ गरिनुपर्ने, चाँडै कोरोनाको टीकाकरण लगाएर स्वास्थ्य विधि पालन गर्दै सबै स्कुलहरू खोलिनुपर्ने लगायत विविध मागलाई लिएर विक्षोभ प्रदर्शन गरे।


यस अवसरमा एसएफआई जिल्ला अध्यक्ष सागर शर्माले बताएअनुसार आफूहरूद्वारा जिल्ला भरिमै सामूहिक हस्ताक्षर अभियान शुरू गरेको साथै उक्त हस्ताक्षर संग्रह गरेर आगामी शुक्रबार सिलगढी महकुमाशासकलाई एउटा ज्ञापन पत्र चढाइने। आफूहरूको उक्त अभियान लगातार जारी रहने तिनले बताए। यस अवसरमा एसएफआई जिल्ला अध्यक्ष सागर शर्मा, जिल्ला सचिव शङ्कर मजुमदार, जिल्ला सचिव मण्डलीका सदस्य अभिजीत चन्द, तन्मय चन्द लगायत अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *