विविध मागलाई लिएर 25 अगस्तमा युसीआरसी-ले महकुमाशासकलाई ज्ञापन चढाउने

सिलगढी : विविध मागलाई लिएर आगामी 25 अगस्तमा युसीआरसी दार्जिलिङ जिल्ला कमिटीले सिलगढी महकुमाशासकलाई ज्ञापन पत्र चढाउने भएको छ। सिलगढीको सीटु कार्यालयमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर युसीआरीस दार्जिलिङ जिल्ला कमिटीका सचिव परेशचन्द्र सरकाले यसबारे जानकारी दिएका छन्। तिनले बताएअनुसार कोलनी बस्ती इलाकामा बसोबास गर्ने मानिसहरूलाई जमिनको कागज दिनुपर्ने, जमिनको कागज नभएकोले तिनीहरू सरकारी सुयोग सुविधाबाट वञ्चित भएका छन्। कोरोना भ्याक्सिनलाई लिएर पनि मानिसहरूले धेरै समस्या भइरहेकोले चाँडै यसको व्यवस्था गरिनुपर्ने, मानिसहरूलाई जमिनको मालिकाना अधिकार लगायत विविधा मागलाई लिएर आगामी बुधबार सिलगढी महकुमा शासकसित भेट गरेर एउटा ज्ञापन पत्र चढाउने तिनले बताए। आजको बैठकमा संगठनका जिल्ला सभापति, कमरेड जय चक्रवर्ती, जिल्ला कमिटीका सदस्य दीपक चन्द्र दास लगायत अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *