विविध मागमा डीवाईएफआई-द्वारा सिलगढीमा मौन प्रतिवाद

सिलगढी : निःशुल्क कोभिडको टीकाकरण, टीकाकरण केन्द्रमा वृद्धि, अस्पतालहरूमा अक्सिजनको सर्वराह सुनिश्चित लगायत विविध मागलाई लिएर आज डीवाईएफआई-को तर्फबाट मौन प्रतिवाद गरियो। डीवाईएफआई-को तर्फबाट आज सिलगढी जिल्ला अस्पतालअघि मौन प्रतिवाद गरियो। संगठनका उद्यन दासगुप्ताले बताएअनुसार देशको विभिन्न ठाउँहरूमा अक्सिजनको अभावले गर्दा कोरोना संक्रमितहरूको मृत्यु भएको घटना अघि आएको छ। सिलगढीमा पनि यस प्रकारको घटना नहोस् भन्ने उद्देश्य लिएर डीवाईएफआई-को तर्फबाट मौन प्रतिवाद गरिएको साथै भोलि पनि उक्त कार्यक्रम जारी राख्ने तिनीहरूले बताए। यसबाहे आगामी सोमबार आफ्नो विविध मागलाई लिएर सीएमओएच-लाई एउटा ज्ञापन पत्र चढाउने तिनीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *