विविध समाजमूलक कार्यक्रमको साथमा सिलगढीमा नवी दिवस पालन

सिलगढी :  सिलगढी करबाला इन्तेजामिया कमिटीको तर्फबाट आज महानवी हजरत मोहम्मदको जन्मदिनको अवसरमा आवश्यकमन्द मानिसहरूलाई कम्बल तथा पौष्टिक आहार वितरण गरियो। उत्तरबंग मेडिकल कलेज एवम् अस्पताल लगायत विभिन्न ठाउँमा गएर आज कमिटीका सदस्यहरूले आवश्यकमन्द मानिसहरूले खानेकुरो लगायत फल वितरण गरे। यसको साथै वर्द्धमान रोडस्थित करबाला मैदानमा आवश्यकमन्द मानिसहरू कम्बल वितरण गर्यो। उक्त कमिटीको तर्फबाट साधारण मानिसहरूको सहयोगको लागि निःशुल्क एम्बुलेन्स परिसेवा शुरू गरिने बताइएको छ। यस अवसरमा कमिटीका संयोजक मोहम्मद अन्सारी, सभापति मोहम्मद कालिम अख्तार, सह-सभापति मोहम्मद आरिफ खान, सचिव मोहम्मद सत्तार लगायत कमिटीका अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *