विभिन्न विकास बोर्डहरूद्वारा हाथरस घटनाको प्रतिवाद

सिलगढी :  दार्जिलिङका विभिन्न जातका विकास बोर्डहरूले हाथरस घटनालाई लिएर यसको प्रतिवाद जनाएको छ। सिलगढी जर्नलिस्ट क्लबमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर विभिन्न सांस्कृति एवम् विकास बोर्डको तर्फबाट रेणु नीरा बोम्जनले हाथरस घटनाको घोर निन्दा गरिन्। तिनले उक्त घटनाको सटीक जाँच गर्नको साथै दोषीहरूलाई कठोर सजाय दिनुपर्ने माग गर्दै पहाडमा उक्त घटनाको चौतर्फी विरोध गरिरहेको बताइन्। भारतलाई माता अर्थात् आमाको रूपमा सम्मान गरे तापनि युपीमा नारीहरूमाथि हुने अत्याचार भने हालसम्म कम्ती नभएको तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *