विभिन्न माग गर्दै सीआईटीयु-द्वारा विरोध प्रदर्शन

नक्सलबारी : विभिन्न मागको समर्थनमा नक्सलबारीको रथखोलास्थित परशुराम टी मेन्युफ्याक्चरिङ प्राइभेट लिमिटेड फ्याक्ट्री अघि सीआईटीयुले आज विरोध प्रदर्शन गर्यो। गौतम घोषले बताएअनुसार गत 2 महिनादेखि परशुराम टी मेन्युफ्याक्चरिङ प्राइभेट लिमिटेड फ्याक्ट्री बन्द अवस्थामा रहेकोले गर्दा यहाँ काम गर्ने श्रमिकहरूले निक्कै समस्याहरूको सामना गर्न परिरहेको छ। उक्त फ्याक्ट्री बन्द रहेकोले गर्दा लगभग 40 जना श्रमिकहरू बेरोजगार भएका छन्। यसैले आज श्रमिकहरूको हितमा सीआईटीयु-को तर्फबाट चिया फ्याक्ट्री अघि विरोध प्रदर्शन गर्दै बन्द चिया फ्याक्ट्री चाँडै खोल्नुपर्ने लगायत विभिन्न मागहरू राखेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *