विभिन्न मागलाई लिएर वामपन्थी संगठनद्वारा विरोध प्रदर्शन

सिलगढी: लकडाउन अवधि संकटग्रस्त मानिसहरूका लागि खाद्य, स्वास्थ्य साथै आर्थिक सहायता दिनु पर्ने माग लिएर वामपन्थी संगठनहरू मंगलवार राज्यव्यापी आन्दोलनमा ओर्लिए। दार्जिलिङ जिल्ला वामफ्रन्टको तर्फबाट पनि आज सिलगढी डाकघर अघि विरोध प्रदर्शनी गरियो। यस अवसरमा संगठनका सदस्यहरू हातमा छाता बोकेर सामाजिक दूरी बनाएर विरोध-प्रदर्शनी गरेको देखियो। वामफ्रन्ट जिल्ला सचिव जिवेश सरकारले बताए अनुसार लकडाउनले प्रभावित मानिसहरूका लागि खाद्य, धन, स्वास्थ्य सुनिश्चित गर्नु पर्ने लगायत अम्फान तुफानलाई राष्ट्रीय आपदाको रूपमा घोषित गरिनु पर्नेबारे प्रदर्शनीमा माग गरियो। यदि माग पूरा नभए संगठनको तर्फबाट आन्दोलन गरिने तिनले चेतावनी दिएका छन्। विरोध प्रदर्शन अवधि आज वामफ्रन्ट जिल्ला सचिव जिवेश सरकार लगायत अन्य नेतागण उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *