विभिन्न मागलाई लिएर नक्सलबारी अञ्चल तृणमूल कांग्रेसद्वारा बीएलआरओ-लाई ज्ञापन

नक्सलबारी : नक्सलबारी अञ्चल तृणमूल कांग्रेस पार्टीको तर्फबाट आज विभिन्न मागहरूको समर्थनमा नक्सलबारी बीएलआरओसित भेट गरेर एउटा ज्ञापन पत्र चढाइयो। जिल्ला तृणमूल कांग्रेसका उपाध्यक्ष अमर सिन्हाले नक्सलबारी क्षेत्रहरूमा लगभग साढ़े तीन सय मानिसहरूले जमीनको पट्टाको लागि आवेदन गरेको थियो। ती मानिसहरूलाई जमीनको पट्टा चाँडै पाओस् भन्ने माग गर्दै आज नक्सलबारी बीएलआरओसित भेट गरेर ज्ञापन पत्र चढाएको तिनले बताए। बीएलआरओ-ले आवश्यक कार्वाहीपछि चाँडै जमीनको पट्टा दिने आश्वासन दिएका छन्। यस अवसरमा तृणमूल कांग्रेस पार्टी जिल्ला तृणमूल कांग्रेसका उपाध्यक्ष अमर सिन्हा, नक्सलबारी अञ्चल अध्यक्ष परिमल कुण्डु, प्रखण्ड 2 युवा अध्यक्ष अरुण घोष, वीरेन सरकार, सत्यनारायण गोस्वामी, विद्युत दास, मेहबुब खान, अमित प्रसाद, जाहिद अख्तर लगायत अन्य कार्यकर्ता उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *