विभिन्न मागलाई लिएर डुवर्सका चियाकमानहरूमा गेट मिटिङ

अलिपुरद्वार : चिया श्रमिकहरूलाई बढेको दैनिक मजदुरी दिनुपर्ने, श्रमिक आवासको मरमति, प्रभिडेन्ट फन्ड लगायत अन्य विविध मागलाई लिएर आज अलिपुरद्वार जिल्लाको तुरतुरी चियाकमानमा गेट मिटिङको आयोजना गरियो। आज तुरतुरी चियाकमानमा चिया श्रमिकहरूले लगभग 2 घण्टासम्म गेट मिटिङ गरे। गत जनवरी महिनादेखि राज्य सरकारले चिया श्रमिकहरूलाई दैनिक 26 रुपियाँ मजदुरी बढोत्तरी गरेको छ। धेरैजसो चियाकमानहरूमा उक्त बढेको दैनिक मजदुरी लागू भए तापनि तुरतुरी चियाकमानका श्रमिकहरू हालसम्म यसबाट वञ्चित रहेका छन्। यसैले गर्दा आज उक्त चियाकमानमा चिया श्रमिकहरूद्वारा गेट मिटिङ गरिएको बताइएको छ। अर्कोतिर, अलिपुरद्वार जिल्लाको माकरापाड़ा चियाकमानका चिया श्रमिकहरूले पनि बढेको दैनिक मजदुरी हालसम्म नपाएको आरोप रहेको छ। यसैले माकरापाड़ा चियाकमानका श्रमिकहरूले पनि बढोत्तरी भएको दैनिक मजदुरीको मागमा आजदेखि आन्दोलन शुरू गरेको छ। तिनीहरूले आज कमानको फ्याक्ट्री गेट अघि विक्षोभ प्रदर्शन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *