विभिन्न मागलाई लिएर जलपाईगढी जिल्ला कङ्ग्रेस कमिटीद्वारा र्‍यालीको आयोजना

जलपाईगढी : विभिन्न मागहरूलाई लिएर आज जलपाईगढी जिल्ला कङ्ग्रेस कमिटीको तर्फबाट एउटा र्‍याली निकालिइयो। जलपाईगढी जिल्ला कङ्ग्रेस कमिटीद्वारा आयोजित उक्त र्‍याली यहाँको दिशारी क्लब मोड़बाट शुरू गरेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो। रोजगार, चियाश्रमिकहरूको लागि न्यूनतम वेतन, नदीको किनारमा रहेको जमिनको कटाउ र बाढ़लाई नियन्त्रण गर्नको लागि उचित कदम उठाउने, भ्रष्टाचार मुक्त प्रशासन, कृषि तथा श्रम कानुनलाई  रद्द गरिनुपर्ने, शारदा नारदा मामिलाको जाँच लगायत विविध मागलाई लिएर आज जलपाईगढी जिल्ला कङ्ग्रेस कमिटीको तर्फबाट उक्त र्‍यालीको आयोजना गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *