विभिन्न मागलाई लिएर क्रामाकपा-को खरसाङमा पथ सभा

खरसाङ (निसं) : क्रामाकपा (क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी) -को आज खरसाङमा पथ सभा सम्पन्न भयो। खरसाङको मोटर स्ट्याण्डमा आयोजित खरसाङ आञ्चलिक कमिटीका सचिव रमेश राईको अध्यक्षतामा सम्पन्न पथ सभामा क्रामाकपाले विभिन्न मागहरू गऱ्यो। यस अवसरमा उपस्थित क्रामाकपाका समर्थकहरूले अलग राज्य गोर्खाल्याण्डको माग सहित अन्य मागहरूलाई लिएर लेखिएको प्ला कार्डहरू हातमा बोकेका थिए। क्रामाकपाले विशेष गरी पञ्चायत संसोधन ऐन 2022 खारेज गर्ने माग गरेको छ। त्यसरी नै क्रामाकपाले चियाबारी, वनबस्ती, डीआई फण्ड, एनएच क्षेत्रमा बसोबास गर्नेहरूलाई जमीनको खतियानयुक्त पर्जा पट्टा दिनु पर्ने माग साथै गोर्खाहरूको स्थायी राजनैतिक समाधानको माग पनि राखेको छ।


क्रामाकपा-ले स्थायी राजनैतिक समाधान कहिले हुन्छ भनी केन्द्र सरकार समक्ष प्रश्न पनि गरेको छ। खरसाङमा सम्पन्न उक्त पथ सभालाई अर्जुन थापाले सञ्चालन गरेका थिए। सभामा क्रामाकपा केन्द्रीय प्रवक्ता अरूण घतानी, केन्द्रीय सह सचिव शेखर छेत्री, दार्जिलिङ आञ्चलिक कमिटीका सभापति केबी राई, दार्जिलिङ आञ्चलिक कमिटीका सचिव उभ्दव खनाल, सदस्य अमर सुब्बा, नारी मोर्चा केन्द्रीय सदस्या विन्ध्या गोतामे आदिले वक्तव्य राखेका थिए। उक्त पथ सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै क्रामाकपा केन्द्रीय महासचिव नर्बु लामाले विस्तृत रुपमा जानकारी गराएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *