विभिन्न मागलाई लिएर सीपीएम-द्वारा विक्षोभ तथा ज्ञापन

सिलगढी : आवास योजनामा भ्रष्टाचार लगायत विविध मागलाई लिएर सीपीएम फुलबारी एरिया कमिटीले आन्दोलन शुरू गरेको छ। आज कमिटीको तर्फबाट फुलबारी 1 नम्बर अञ्चल कार्यालय अघि विक्षोभ प्रदर्शन गर्नको साथै विविध मागलाई लिएर एउटा पञ्चायत प्रधान नमिता करातीसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। संसगठनको तर्फबाट अनिन्द सरकारले बताएअनुसार यसभन्दा अघि पनि विविध मागलाई लिएर पञ्चायत कार्यालयसमक्ष गुहार लगाए तापनि कुनै पहल गरेको छैन। आगामी दिनमा भ्रष्टाचारीहरूविरुद्ध प्रशासनले उचित कदम नउठाएको खण्डमा लगातार आन्दोलन गर्ने तिनीहरूले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *