विभिन्न मागलाई लिएर महकुमाशासकलाई ज्ञापन

सिलगढी : राज्यभरिमै कोरोना टीकाकरणलाई लिएर कालो बजार चलिरहेको आरोप लगाउँदै विभिन्न मागलाई लिएर आज भाजपा सिलगढी सांगठनिक जिल्ला महिला मोर्चाले महकुमाशासकलाई एउटा ज्ञापन पत्र चढायो। संगठनका सदस्यहरूले हातमा प्ला कार्ड बोकेर महकुमाशासक कार्यालय अघि विरोध प्रदर्शन गर्दै वृद्ध तथा 12 वर्षसम्म उमेर पुगेका नानीका आमाहरूलाई कोरोनाको टीकाकरण लगाउनमा प्राथमिकता दिइनुपर्ने माग गरे। यसको साथै संगठनले अन्य विविध मागको पनि उठान गरे। भाजपा सिलगढी सांगठनिक जिल्ला महिला मोर्चाका अध्यक्ष जुली तामाङले कोरोना टीकाकरणलाई लिएर साधारण मानिसहरूले धेरै समस्याको सामना गर्न परिरहेको छ। कोरोना भ्याक्सिनको कालो बजार चाँडै बन्द गरिनुपर्ने, 12 वर्षसम्म उमेर पुगेका नानीका आमाहरू लगायत वृद्धहरूलाई कोरोनाको तेस्रो लहर आउन अगावै कोरोनाको खोप लगाउनुपर्ने तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.